दमक/ उपभोक्ता हित संरक्षण मञ्च दमकको आयोजनामा आज दमकमा उपभोक्ता सचेतना बारे अन्तरक्रिया सम्पन्न भएको छ ।
खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालय झापाको प्राविधिक सहयोग र समन्वय तथा द एशिया फाउण्डेशनसँगको सहकार्यमा कार्यक्रम भएको हो ।
मञ्चका अध्यक्ष नविन चापागाँईको अध्यक्षतामा भएको कार्यक्रममा डिभिजन कार्यालयका प्रमुख भरतबहादुर पुरीले उपभोक्ता अधिकार, कानूनी व्यवस्था लगायतका बिषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा प्रमुख अतिथी दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले गुणस्तरीय वस्तु तथा सेवा बिक्रिका लागि उपभोक्ता जागरुक र उत्पादक तथा व्यवसायीहरु नैतिकवान हुनुपर्ने बताए ।
मञ्चकी कोषाध्यष सुमित्रा वाङ्देलले स्वागत मन्तव्य राखेको कार्यक्रममा ईलाका प्रशासन कार्यालय दमकका प्रमुख कृष्णप्रसाद आचार्य, नगरपालिकाको बजार अनुगमन समितिका संयोजक भीमप्रसाद पौडेल, दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल, द एशिया फाउण्डेशनका कार्यक्रम संयोजक श्याम सापकोटा लगायतले मन्तव्य राखेका थिए ।
सो क्रममा उनीहरुले बजार व्यवस्थापनका लागि सवै निकायहरु विच समन्वयको खाँचो रहेकोमा जोड दिए । कार्यक्रममा उद्योगी, व्यवसायी, बिभिन्न बस्तुगत संघका प्रतिनिधी लगायतको सहभागिता थियो ।