इटहरी /सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ ।
सार्वजनिक भएको मत परिणाम अनुसार संघको अध्यक्षमा गिरिधारी सापकोटा विजयी भएका छन् । प्रतिद्वन्द्वी विजय श्रेष्ठलाई ७८ मतले पछि पार्दै सापकोटा विजयी भएका हुन् । सापकोटाले ७ सय ४१ मत पाउँदा श्रेष्ठले ६ सय ६३ मत पाएका थिए ।
सापकोटालाई नेकपाको र श्रेष्ठलाई नेपाली काङ्ग्रेस सहितका दलको समर्थन थियो । कुल १ हजार ७ सय ४८ मतदातामध्ये १ हजार ४ सय ३४ जनाले मतदान गरेका थिए ।
वाणिज्य महिला सदस्यतर्फ शुभेच्छा अधिकारी ४ सय ७५ मत पाएर विजयी भएकी छिन् । वाणिज्य सदस्यतर्फ मानबहादुर विश्वकर्मा सबैभन्दा धेरै ५ सय ८५ मत प्राप्त गरेर विजयी भएका छन् ।
त्यस्तै, सीताराम आचार्यले ५ सय ६९ मत, नवीन राजभण्डारीले ५ सय ४६ मत, मनोज श्रेष्ठले ५ सय २७ मत र शशी साहले ५ सय ७ मत पाएर विजयी भए । राजेश अग्रवालले ५ सय ३ मत, अशोक जैनले ४ सय ७५ मत र दिनेश राईले ४ सय ७१ मत पाएर विजयी भए ।
उद्योगतर्फ विष्णु बराल, पीयुषराज आचार्य, महेन्द्र प्रधान र प्रभाव खतिवडा विजयी भएका छन् । एशोसिएटतर्फका ३ जना सदस्यमा गोपाल श्रेष्ठ, राजीव गोयल र अनिल अग्रवाल विजयी भएका निर्वाचन समितिले जनाएको छ ।