ईलाम / ईलाम नगरपालिका-४ मा रहेको जोशी हाईड्रोपावरको जेनेरेटरमा आगलागी हुँदा अन्दाजी ५ करोड बराबरको क्षति भएको छ ।
आज दिउँसो सवा ३ बजे हाईड्रोपावरको जेनेरेटरमा बिद्युत सर्ट भई अचानक आगलागी हुँदा जेनेरेटर जलेर पूर्ण रुपमा नष्ट भएको भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
आगलागी प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा पौने ४ बजे पूर्ण रुपमा नियन्त्रणमा लिईएको तथा आगलागीबाट कुनै पनी मानवीय क्षति नभएको कार्यालयले जनाएको छ ।