पाँचथर/ हिलिहाङ गाँउपालिका वडा नं. ६ सिटे भन्ने स्थानमा एन.एम.बी. माइक्रोफाइनान्सको हिलिहाङ–३ गोपेटार स्थित शाखामा कार्यरत इलाम घर भएकी अन्दाजी २० वर्षीया सुजाता तामाङको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । खुकुरी प्रहार गरी हत्या भएको अवस्थामा शव आज साँझ ६ शव बजे फेला परेको हो ।
जोरपोखरी प्रहरी चौकीका प्रहरी निरीक्षक कृष्ण भट्टराईले हत्या भएको अवस्थामा तामाङको शव फेला परेको जानकारी दिनुभयो । घटनाबारे अनुसन्धानका लागि प्रहरी निरीक्षक अनिलकुमार पौडेल नेतृत्वको टोली घटनास्थलमा पुगेको छ ।
अनुसन्धानपछि हत्याबारे थप कुरा भन्न सकिने प्रहरी निरीक्षक पौडेलले वताउनुभयो ।