काठमाडौं/  सिंगापुरको क्रुजमा काम लगाइदिन्छु भन्दै ६ करोड रुपैयाँ भन्दा बढी रकम ठगी गर्ने काठमाडौं महानगरपालिका-४ बिशालनगरस्थित ‘द अप्रेन्टिस फर्म प्रालि’ नामको ट्रेनिङ सेन्टरका संचालक तारकेश्‍वर नगरपालिका मनमैंजु बस्ने नुवाकोट गणेशस्थानका ३४ वर्षीय प्रविन पौडेललाई  प्रहरीले पक्राउ गरेको छ ।
पौडेलले मासिक तलव स्केल ६ सय ५० डलर हुने काममा उक्त ट्रेनिङ सेन्टरबाट सिंगापुर पठाइदिन्छु भन्दै प्रलोभन देखाई भारतको दिल्ली र लखनउमा पानीजहाजमा काम गर्नेलाई दिइने ‘सोलास’ नामक तालिम समेत गर्न लगाई नगद ठगेर सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा मकवानपुर हेटौंडा उपमहानगरपालिका-४ पारिजातपथमा पक्राउ गरेको हो ।
पौडेलले ३ सय जना भन्दा बढी मानिसहरुबाट उक्त रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । उक्त ठगी कार्यमा अन्य मानिस समेतको संलग्नता रहेको भन्ने अनुसन्धानबाट खुल्न आएकोले उनीहरूको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box