दमक ,केही वर्षदेखि ‘नाईं नभन्नू ल’ सिरिज निर्माण गर्दै आइरहेका भेट्रान निर्देशक विकासराज आचार्य निर्देशित नयाँ फिल्म ‘हजार जुनीसम्म’ को गत शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । पारिवारिक प्रेमकथामा आधारित भएर निर्माण भएको बताइएको यो फिल्मको ट्रेलर निकै कन्फ्यूजन छ । को-कसको जोडी भन्ने छुट्याउन गाह्रो पर्छ ।

फ्लोरमा निस्कँदै गर्दा फिल्ममा अभिनेता आर्यन सिग्देल र अभिनेत्री प्रियंका कार्कीको जोडी रहेको निर्माण टिमले जानकारी गराएको थियो । तर, ट्रेलरमा प्रियंकालाई लुकाइएको छ । न त यसअघि पोस्टरमा नै स्थान दिइएको थियो । ट्रेलरले आर्यनको जोडी अभिनेत्री स्वस्तिमा खड्का हुनसक्ने संकेत गर्छ । यद्यपि, दुईलाई ट्रेलरमा एकसाथ देखाइएको भने छैन ।

ट्रेलरमा आर्यन र स्वस्तिमासँगै अभिनेता सलोन बस्नेत, नव-अभिनेता अखिलेस प्रधान, अभिनेत्री सञ्चिता लुईंटेल, बाल कलाकार अनुभव रेग्मी, हास्य कलाकार शिवहरी पौडेललगायतका कलाकारलाई पनि अटाइएको छ । सलोनले बोलेका संवादहरु रमाइला छन् । फिल्ममा आर्यन दुई चरित्रमा प्रस्तुत छन् । उनले फिल्ममा आफूले विल्कुलै फरक भूमिका निर्वाहा गर्न पाएकोमा खुसी व्यक्त गरे । यसमा उनले एउटा जवान युवक र अर्को पाको उमेरको पुरुषको चरित्र निभाएका छन्

ट्रेलर रिलिज कार्यक्रममा आफ्नो चरित्रबारे जानकारी दिँदै उनले भने- ‘यो नितान्त पारिवारिक फिल्म हो । यसअघि जसरी विकास दाई (निर्देशक विकासराज आचार्य) ले सफा मनछुने फिल्म बनाउनु हुन्थ्यो त्यस्तै फिल्म ‘हजार जुनीसम्म’ बनेको छ । फिल्ममा मैले आफूभन्दा २५ वर्ष जेठो भूमिका निर्वाहा गर्न पाएको छु ।’ अभिनेत्री स्वस्तिमाले फिल्म राम्रो बनेको बताउँदै आफ्नो भूमिका दर्शकलाई मनपर्नेमा विश्वास व्यक्त गरिन् ।

यसका वितरक माता पाथीभरा फिल्मस का बिक्रम पराजुली, चैतन्य बराल र सिविन दहाल हुन भने काठमाण्डौ उपत्यमामा बैकटेस ईन्टरटेनमेन्ट ले वितरण अधिकार लिएको छ।

साउन ३० गतेबाट देशभर प्रदर्शनमा आउने फिल्मलाई पुरुषोत्तम प्रधानको खिचेका हुन् ।

Facebook Comments Box