दमक/ अमेरिका जाने ईडीभी २०२१ को भिसा प्रक्रियाका लागि नक्कली शैक्षिक प्रमाणपत्र बनाउने झापालीहरु काठमाडौंमा पक्राउ परेका छन । नक्कली कागजात पेस गरेको तथा बनाएको आरोपमा उनीहरु पक्राउ परेका हुन ।
पक्राउ पर्नेहरुमा झापाका दिनेश प्रसाई, सूर्य बहादुर श्रेष्ठ , विदुर प्याकुरेल , पाँचथर घर भई झापामा बस्दै आएका समिर राईसहित काठमाडौंकी राधिका तामागं, काठमाडौंका सविता श्रेष्ठ र कास्कीका अरुण कार्की , काठमाण्डौका सुरज राज खत्री र अछामका वीरेन्द्र बहादुर रावल रहेका छन । ईडीभी २०२१ मा नाम निस्किएपछि भिसा प्रक्रियाका लागि नक्कली प्रमाणपत्र पेस गरेको सूचनाको आधारमा नक्कली प्रमाणपत्र पेस गर्ने र बनाउने कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box