दमक/ दमक उद्योग बणिज्य संघको आसन्न निर्वाचनमा वस्तुगत तर्फ दमक मोवाईल व्यवसायी संघले  भेनस श्रेष्ठलाई उम्मेदवार सिफारिस गर्ने भएको छ ।

श्रेष्ठलाई संघको सदस्यमा उम्मेदवार वनाउने निर्णय भएको हो । संघको बुधबार सम्पन्न कार्यसमिति वैठकले श्रेष्ठलाई बस्तुगत तर्फवाट उम्मेदवार वनाउने निर्णय गर्नुका साथै सात सदस्यीय प्रचार निर्वाचन परिचालन समिति समेत गठन गरेको जनाइएको छ ।

श्रेष्ठलाई जिताउन कोषाध्यक्ष कविन श्रेष्ठको संयोजकत्वमा खेम सापकोटा,राज अग्रवाल ,टंक सिम्खडा,होमनाथ सापकोटा,दिपक थापा र गोपाल राई सदस्य रहेको एक निर्वाचन परिचालन समिति गठन गरिएको छ । संघमा बस्तुगत तर्फ विभिन्न ११ वटा संघ गठन भएपनि वाणिज्य संघमा भने पाँच वटा सदस्य रहने व्यवस्था छ ।

Facebook Comments Box