दमक/ दमक ९ स्थित निम्स नेशनल अस्पतालले प्रसुती तथा स्त्री रोग विशेषज्ञ डाक्टरको सेवा नियमित सञ्चालन गरेको छ ।
हस्पिटलले सो सेवा यसअघि देखि नै दिदैं आएको भएपनि पछिल्लो समय काठमाडौंको थापाथलीस्थित प्रसुति गृहमा ७ बर्ष लामो सेवाको अनुभवपछि आएकी डा. अञ्जु मण्डलको सेवा नियमित भएको हो ।

जनकपुरमा प्रारम्भिक अध्ययन गरेकी डा. मण्डलले नेपालगञ्जमा एमबीबीएस अध्ययन गरेकी हुन भने भरतपुरमा एमडी हासिल गरेकी हुन ।
निम्स नेशनल अस्पतालमा एक महिनाबाट सेवा शुरु गरेकी डा. मण्डलले विभिन्न महिला स्वास्थ्य समस्या सम्बन्धि समस्याहरु लिएर यहाँ आउने महिलाहरुमा स्वास्थ्य चेतनाको स्तर अन्य ठाउँको तुलनामा माथि देखिएको प्रतिक्रिया दिइन ।

उनले आम महिलाहरुमा विशेष अहिले सबैभन्दा ठुलो समस्याका रुपमा स्तन क्यान्सर र त्यसपछि पाठेघरको क्यान्सरको जोखिम हुने गरेको जानकारी दिइन । उनले भनिन–कहिलेबाट यो समस्या शुरु हुन्छ ? भन्ने यसै अनुमान गर्न सकिन्न तसर्थ महिलाहरुले समय समयमा आफनो स्वास्थ्य परिक्षण गराउनु पर्छ, हरेक ६ महिनामा भिडियो एक्सरे र बर्षमा कम्तीमा एक पटक पाठेघरको पानीको परिक्षण गराउनु आवश्यक छ । पाठेघरबाट बग्ने पानीको परिक्षणले क्यान्सरको सम्भावित जोखिम यस्तो आंकलन गर्न सकिने भएकाले यसबारे अधिक महिलालाई जानकारी हुन अनिवार्य भएको डा. मण्डलको सुझाव छ ।

स्वास्थ्य बीमाको कार्यक्रमको सेवालाई निरन्तरता दिदैं सो अस्पतालले स्त्री तथा प्रसुति विशेषज्ञ सेवा, हाडजोर्नी तथा नशा रोगको उपचार, सामान्य र जटिल किसिमका शल्यक्रियासहित हाडजोर्नी तथा नशा रोग विशेषज्ञ सेवा , मानसिक रोग विशेषज्ञ आदिको सेवा नियमित रुपमा सञ्चालन गरिआएको अस्पतालका अध्यक्ष उमाकान्त आचार्यले जानकारी दिए ।

Facebook Comments Box