दमक/ दमकमा सोमबारदेखि छाला सम्बन्धि उपचार तथा परामर्श सेवाका लागि जि– वान स्किन क्लिनिक सञ्चालनमा आएको छ ।
छाला , यौन तथा कुष्ठ रोग विशेषज्ञ डा. गुरु पौडेलको सेवा सहित दमक ६ रातोपुल नजिकै सो क्लिनिक सञ्चालनमा आएको हो । डा. पौडेल नोबेल मेडिकल कलेज विराटनगरबाट छात्रवृत्ती कोटामा एमबीबीएस र धरानस्थित बीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छाला , यौन तथा कुष्ठरोगका बिषयमा विज्ञता हासिल गरेका चिकित्सक हुन ।

दमक अस्पताल दमकमा कार्यरत विशेषज्ञ डा. पौडेलले यस अघि जिल्ला अस्पताल ताप्लेजुङमा समेत २ बर्ष मेडिकल अधिकृतको रुपमा काम गरिसकेका छन ।
वीपिबाट एमडी कोर्ष ( विज्ञता हासिल गरेपछि ) अनिवार्य रुपमा दुई बष सरकारी अस्पतालमा काम गरेका डाक्टर पौडेल पछिल्लो समय करारमा कार्यरत छन ।

सम्झौता अनुसारको समय दमक अस्पतालमा दिने र बाँकी समय आफनो निजी क्लिनिकमा दिने योजनासहित उनले सो क्लिनिक शुरु गरेका हुन । सो क्लिनिकमा छाला सम्बन्धिका समस्याहरुको निदान गरिने जनाइएको छ । क्लिनिक सञ्चालनको पहिलो दिन सोमबार ११० जनाले सेवा लिएका जनाइएको छ ।
अनुहार तथा शरिरका जुनसुकै भागमा देखिएका दाद, कोठी, मासु पलाएको, छाला चाउरिएको तथा कपाल खस्ने समस्या लगायत विविध समस्याहरुको शल्यक्रिया र प्रत्यारोपण विधिबाट समेत उपचार गरिने डा. पौडेलले जानकारी दिए ।

Facebook Comments Box