दमक/ किराँती युवाहरु आवद्ध संस्था किराँत साम्यो नालिफुङवा पान्जुम्भो माङसेबुङ ५ इलामले १९ औं स्थापना दिवस आज मनाईरहेको छ ।
सो अवसरमा संस्थाको केन्द्रिय समितिले दमकस्थित रेडक्रस भवनमा साँस्कृतिक तथा सम्मान कार्यक्रम आयोजना गरेको छ ।
झापा क्षेत्र नं ४ का संघीय सांसद एलपी साँवा ( लिम्बु)को प्रमुख आतिथ्य , प्रदेश सांसद राम राना, माङसेबुङ गाउँपालिका उपाध्यक्ष सुनिता सुब्बा लगायतको विशेष आतिथ्य र आयोजक संस्थाका अध्यक्ष दिपक तिगेला लिम्बुको अध्यक्षतामा सञ्चालित कार्यक्रमका वक्ताहरुले विभिन्न जातजाती , भाषाभाषी र संस्कृतिनै राष्ट्रका गहना भएकाले तिनको संरक्षण र सवंद्र्धन विना विकास र समृद्धि अधुरो हुने भएकाले आआफ्नो ठाउँबाट तिनको संरक्षणमा लाग्नुपर्नेमा जोड दिए ।
सो अवसरमा झापा, मोरङ, इलाम लगायतका विभिन्न जिल्लाबाट आएका केलाङ टोलीले साँस्कृतिक नृत्यहरु समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा किराँत धर्म संरक्षणका अगुवा तथा अभियान्ताहरु केहेरसिंह योङया, सेसेहाङ फियाक , नेकपा माङसेबुङ गाउँपालिका संयोजक हेमन्त राई लागयतको पनि आतिथ्य रहेको थियो ।
कार्यक्रममा किराँत धर्म , भाषा तथा साहित्य क्षेत्रमा योगदान दिने व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको आयोजकले जनाएको छ ।