दमक/दमक ६ स्थित ग्लोबल एजुकेशनल एकेडेमीले दमक पब्लिक लाईब्रेरीको स्तरोन्नतीका लागि नगद ७० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।
दमक पब्लिक लाईब्रेरी मातहतको युथ टिमको स्थापना दिवसको अवसर पारेर शनिबार एकेडेमीले लाईब्रेरीमा म्युजिकल लाईब्रेरी स्थापना गर्न सहयोग पुरयाउने उदेश्यले सो रकम प्रदान गरेको एकेडेमीका प्राचार्य गुणराज अधिकारीले बताए । सो रकम बराबरको बैकिंङ चेक एकेडेमीका अध्यक्ष खेम प्रसाद भण्डारी र प्राचार्य अधिकारीले लाईब्रेरीका अध्यक्ष भेषराज न्यौपानेलाई हस्तान्तण गरेका ग्लोबल एकेडेमीका सञ्चालक श्याम आचार्यले बताए ।