ईलाम/ ईलाम सुर्योदय नगरपालिका –१० आरुबोटे स्थितमा रहेको कृष्ण गोपाल चिया फ्याक्ट्रीमा आगलागी हुदा ५ लाख बराबरको क्षती भएको छ ।
आज बिहान साढे ६ बजे बिद्युत सट भई फ्याक्ट्रीमा आगलागी हुँदा २ थान पानी तान्ने मोटर, २ थान फेन र ३ सय केजी चिया जल्दा सो बराबरको क्षती भएको हो । प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा आगो निभाइएको थियो ।