दमक/ दमकको केन्द्र विन्दुमा पर्ने गोरखा डिपार्टमेन्टको भुँइतलामा नयाँ व्यवस्थापनसहित खाना विशेष सी रेडमग होटल सञ्चालनमा आएको छ ।
कमल ५ का युवा व्यवसायी सविन राई र मुकेश साहले संयुक्त रुपमा सञ्चालनमा ल्याएको सो होटलमा सबै वर्गका ग्राहकहरुलाई सहुलित दररेटमा खाना उपलब्ध गराउने लक्ष्य राखिएको छ । होटलका सञ्चालक सविन राईले होटलमा व्यवस्थित स्वच्छ र स्वस्थकर खाना उपलब्ध हुने बताए ।
९ चैतदेखि सञ्चालनमा आएको होटलमा बालबालिकाहरुसहित पारिवारिक वातावरणमा सरल र सुलभ मुल्यमा सादा (भेज) र ननभेज थकाली खानाको सेट उपलब्ध गराइँदै आएको सञ्चालक राईले बताए ।
होटल व्यवसायी महासंघका एक नम्बर प्रदेश अध्यक्ष राजन दंगालले दमकमा व्यवस्थित रुपमा स्वस्थकर खाना उपलब्ध गराउने लक्ष्य राखेकोले यसले अलग पहिचान बनाउन सक्ने बताउँदै शुभकामना व्यक्त गरे । उनले विश्वमा सबैभन्दा छिटो र धेरै संख्यामा खोलिने र सबैभन्दा बन्द हुने व्यवसाय समेत होटल रहेको बताउँदै निरन्तरता दिनु आवश्यक रहेको औंल्याए । त्यसैगरी होटल व्यवसायी संघका दमक अध्यक्ष योगराज दंगालले होटलमा उपलब्ध हुने खानेकुराको गुणस्तर, सेवा र ग्राहकसँगको व्यवहारका आधारमा मात्रै होटल टिकाउ हुने नहुने भन्ने कुराको निर्धारण हुने बताए ।
