दमक/ फेसबुक ह्याक गरी अश्लील फोटो तथा भिडियो अपलोड गरेर चरित्र हत्या गर्न खोज्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको धनपालथान गाउँपालिका वडा नं. ४ कर्सिया बस्ने २२ वर्षीय दीपेश लोहनी रहेका छन्। ।
अध्ययनको सिलसिलामा विदेशमा रहेकी महिलालाई दैनिक रूपमा फोन तथा म्यासेज गरी विभिन्न किसिमको धाक धम्की दिई सामाजिक सञ्जाल फेसबुक आईडी समेत ह्याक गरी अश्लील फोटो तथा भिडियोहरू पीडितको सामाजिक सञ्जाल फेसबुकमा जोडिएका सम्पूर्ण व्यक्तिहरूलाई पठाई फेसबुक पठाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका उनीमाथि विद्युतीय कारोबार ऐन अन्तर्गतको कसूरमा थप अनुसन्धान एवं कारबाहीको लागि काठमाण्डौँ पठाइएको प्रहरीले जनाएको छ ।

 

Facebook Comments Box