दमक/ झापाको दमकमा हुन गईरहेको दमक उद्योग वाणिज्य संघको निर्वाचनमा वस्तुगत कोटामा कार्य समिति सदस्यका लागि चुनावी मैदानमा रहेका थुप्रै उम्मेद्वारहरु मध्ये अर्थका बिषयमा विशेष किसिमको योग्यता भएका उम्मेद्वार हुन् दिनेश सुवेदी ।

दमक ५ स्थित लक्ष्मी काष्ठ फर्निचर तथा लक्ष्मी स मिलका प्रोप्राइटर समेत रहेका उनी न्यू मेची अटो सप्लायर्सका पनि सञ्चालक हुन् ।
बुबा पदम सुवेदी र आमा लक्ष्मीदेवी सुवेदीको कोखबाट दमक ३ मा २०३५ सालमा कान्छो सुपुत्रका रुपमा जन्मिएका सुवेदीले प्रारम्भिक शिक्षा दमककै हिमाविबाट शुरु गरेका हुन् । सोही विद्यालयबाट एसएलसी उत्तिर्ण गरेका उनले स्नातक तह दमक बहुमुखी क्याम्पसबाट उत्तिर्ण गरे । पढाईमा सानैदेखि अब्बल र तिक्ष्ण बुद्धि भएका सुवेदीले अर्थशास्त्र बिषयमा स्नाकोत्तर तह ( एमए) हासिल गरेका छन् ।

अर्थशास्त्र केन्द्र्रिय विभाग किर्तिपूरबाट स्नाकोत्तर गरेका सुवेदीले झण्डै ५ बर्ष काठमाडौं र झापामा रहेर विभिन्न क्याम्पसहरुमा प्राध्यापन समेत गरे । शैक्षिक योग्यतालाई आफ्नो व्यवसायमा खर्चिने योजना बनाएका उनले फर्निचर व्यवसायमा करीब डेढ दशकको अनुभव लिईसकेका छन् ।
फर्निचर तथा फर्निसिङ व्यवसायी संघ झापाको सहसचिव तथा दमक नगर सहसचिवको जिम्मेवारी समेत निर्वाह गर्दै व्यवसायिक क्षेत्रको नेतृत्व गरिरहेका उनी
जल्पादेवी बचत तथा ऋण सहकारी संस्थाको संस्थापक सदस्य तथा सल्लाहकार समिति सदस्य समेत हुन् । सुवेदीका जेठो दाजु खगेन्द्र प्रसाद सुवेदी, माइलो रमेश प्रसाद सुवेदी हुन भने दिदीहरु सिता सुवेदी, लामिछाने र तारा सुवेदी पौडेल हुन् ।

शैक्षिक तथा आर्थिक विकासका लागि नयाँ भिजन देख्न सक्ने योग्य उम्मेद्वारका रुपमा सुवेदीलाई यस पटकको निर्वाचनमा हेरिएको छ । उनले भने – दमकमा बृहत औद्योगिक विकास तथा आर्थिक क्षेत्रमा परिवर्तन ल्याउन मेरो उम्मेद्वारी हो । प्रगतिशील व्यवसायी समुहले वस्तुगत तर्फबाट कार्यसमिति सदस्यमा उम्मेद्वार बनाएपछि सुवेदी सामाजिक कामलाई निरन्तरता दिनकै लागि र दमकको विकासमा परिवर्तनका लागि सक्रिय भएर लाग्ने स्पष्ट दृष्टिकोणसहित व्यवसायीहरु माझ पुगिरहेका छन् ।

राजनीतिक रुपमा वामपन्थी राजनीतिमा विद्यार्थीकालदेखिनै सक्रिय उनले भने – राजनीतिक बिषय एउटा हो दमकलाई समृद्ध बनाउने जुन योजना र सपना छ त्यसलाई पूरा गर्नका लागि सक्षम र योग्य तथा बिषय बस्तुको जानकार विज्ञको जरुरी हुन्छ । मलाई त्यो जिम्मेवारी दिनुभयो भने इमान्दारितापूर्वक जिम्मेवारी निर्वाह गर्नेछु ।
सरल, मिलनसार र सबैलाई आदर सम्मान गर्ने स्वभावका सुवेदीको उम्मेद्वारीलाई दमकका उद्यमी व्यवसायीहरु माझ निक्कै चासो र महत्वका साथ हेरिएको छ ।

Facebook Comments Box