नविन कुमार अग्रवाल दमकका युवा व्यवसायीहरुमाझ अग्रपक्तिंमा आउने नाम हो । यस पटक हुन लागिरहेको दमक उद्योग वाणिज्य संघको निर्वाचनमा गोकूल श्रेष्ठ नेतृत्वको संयुक्त लोकतान्त्रिक प्यानलबाट खुल्ला तर्फ कार्य समिति सदस्य पदमा उम्मेद्वारी दिएका उम्मेद्वारहरु मध्येका एक हुन नविन् ।

उनी अघिल्लो निर्वाचनमा सदस्यतर्फ लोकप्रिय मत हासिल गरेर निर्वाचित भएका थिए । ९९७ मत ल्याएर चर्चा पाएका अग्रवाललाई यसपटकको निर्वाचनमा त्यो लोकप्रियतालाई कायम राख्दै अगाडी बढ्न शुभेच्छुकहरुले शुभकामना दिईरहेका छन् ।
पुख्र्यौली र परम्परागत पेशा व्यापारलाई निरन्तरता दिदैं आएका अग्रवाल हजुरबुबा स्व. श्रीरामेश्वरदास अग्रवालका नाती र इन्द्रसेन अग्रवाल र इन्द्रादेवीका सुपुत्र हुन् । इलामबाट बसाइँ सरि दमक आएको अग्रवाल परिवार २०१८ सालदेखि निरन्तर दमककै व्यवसायिक र सामाजिक गतिबिधिमा संलग्न छ । नविन अहिले नविन ट्रेडर्सका प्रोप्राइटर हुन् । व्यवसायसंगै उनी दमक जेसीज, रोटरी क्लब अफ दमक लगायतका सामाजिक संघ संस्थामा पनि आवद्ध छन् । उनी मारवाडी युवा मञ्चका पूर्व अध्यक्ष पनि हुन् ।

Facebook Comments Box