भरत कुमार चौलागाइँ दमकको व्यवसायिक क्षेत्रमा एउटा संघर्षपूर्ण नाम हो । व्यवसायका साथसाथै सामाजिक , खेलकुद, शैक्षिक क्षेत्रमा समेत उनको योगदान प्रशंसा योग्य छ । आज २० भदौमा हुने दमक उद्योग वाणिज्य संघको खुल्ला तर्फ कार्य समिति सदस्य पदका उम्मेद्वार हुन चौलागाइँ । राजनीतिक रुपमा वामपन्थी विचार बोकेका चौलागाइँको व्यापारीक पृष्ठभुमी निक्कै लामो र संघर्षपूर्ण छ ।

लामो समयदेखि सामाजिक र व्यवसायिक क्षेत्रमा रहेको आफ्नो योगदाननै आम व्यवसायीहरुको मन जित्ने आधार भएको चौंलागाइँ बताउँछन् ।
को हुन चौंलागाइँ ?
दमकमा २०४८ सालदेखि उनको बसोबासो छ । शुरुमा झोलामा किराना तथा खाद्यन्नको सामाग्री बोकेर पसल पसलमा पुरयाउने (घुम्ती व्यापार) गरेका चौंलागाइँले दमक बहुमुखी क्याम्पसमा आइए सो सरहको अध्ययन सकेपछि बीबिएस शुरु गरेका हुन् । वीबिएस पढाईसंगै उनले आफ्नो व्यापारलाई २०५१ सालदेखि निरन्तरता दिएका हुन् । त्यसबीचमा उनले गल्ला तथा किराना व्यवसायी, स्टेशनरी व्यवसायी, मदिरा व्यवसायी लगायतका व्यवसायसंगै ति व्यवसायी संघहरुको नेतृत्व समेत गरिसकेका छन् ।
उनी मेची मदिरा व्यवसायी संघको दुई कार्यकाल अध्यक्ष भई केन्द्रिय सदस्य समेत बनिसकेका छन् भने डिस्ट्रिब्यूटर्स एशोसिएशनको समेत नेतृत्व गरेका छन् । अहिले झापा जिल्ला अण्डा उत्पादक संघको नेतृत्वमा रहेका उनले दमकमा पोल्ट्री व्यवसायलाई परिचित गराउने उद्यमीका रुपमा पनि आफूलाई परिचित गराईसकेका छन् ।
व्यवसायीकसंगै सामाजिक तथा खेलकुद क्षेत्रमा पनि उनको योगदान उत्तिकै छ । दमक लखनपुर भेट्रान क्लबको दुई कार्यकाल अध्यक्षका रुपमा विताएका चौंलागाइँ दमक फुटबल क्लब, ध्रुवतारा स्पोर्टिङ क्लब, दमक नगर खेलकुद विकास समिति लगायतमा समेत रहेर उनले कूशलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
उनले दाजुभाई संगको समेत सहकार्यमा दमकमा मेघा एग्रीकल्चर ( पोल्ट्री फर्म) सञ्चालन गरेर झापामा मात्रै नभएर पूर्वी पहाडी जिल्ला सम्म अण्डाको निर्यात गरिरहेका छन् । दमकको स्थापित सहकारी कञ्चनजंघा बहुउदेश्यीय सहकारी संस्थाको निवर्तमान सचिव रहेका चौलागाइँ क्षेत्रीय सहकारी समन्वय समितिको सचिव समेत हुन् । भने रोटरी क्लब अफ दमकको संस्थापक पनि हुन् ।
उनी सो क्लबमा विभिन्न पद हुँदै अहिले प्रस्तावित अध्यक्षका रुपमा रहेका छन् । दमकमा अलग्गै पहिचान बनाएको दमक पब्लिक लाईब्रेरीका सञ्चालक र नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकका समेत सदस्य हुन् ।
आफ्नो जिवनकाल पूर्णतया व्यवसायिक र सामाजिक क्षेत्रमै वितिरहेकाले आम व्यवसायीहरुमाझ आफू नौलो उम्मेद्वार नभएको उनको बुझाई छ ।