विर्तामोड/ नेपाली कांग्रेसका क्रियाशिल कार्यकर्ता तथा सर्वसाधारणले भातृ संगठन ब्यवस्थापन गर्न सुझाव दिएका छन् ।
नेपाली कांग्रेसले सञ्चालन गरेको दोस्रो चरणको राष्टिूय जागरण अभियान (हिपतम) का क्रममा नागरिकका धारणा बुझ्न झापा क्षेत्र नं–४ को झापा गाउँपालिका वडा नं–४ को शरणामति र झापा क्षेत्र नं–५ प्रदेश क को गौरादह ४,५,६, र ८ तथा गौरीगञ्ज–३ मा पुगेका केन्द्रीय प्रतिनिधिहरुसँग पार्टीका शुभेच्छुक तथा कार्यकर्ताहरुले भातृ संगठन ब्यवस्थापन गर्न साझा सुझाव दिएका हुन् ।
पार्टी संगठन सञ्चालनको मूल आधार भातृ संगठन भएको बताउँदै कार्यकर्ताले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघसहितका भातृ संगठन को निर्वाचन गर्न र सांगठनिक गतिशिलता प्रदान गर्न सुझाव दिएका हुन् ।

पार्टीका नेताहरुबीच एकता, प्रतिपक्षी दलको भूमिकालाई सशक्त पार्न, वार्ड तहका कार्यकर्तासम्म प्रशिक्षण पु¥याउन सुझाव दिदै सहभागीहरुले कांग्रेसले सर्वसाधारणको धारणा बुझ्ने गरी ल्याएको जागरण अभियानको खुृलेरै प्रसंशासमेत गरेका छन् ।
जागरण अभियानका केन्द्रीय प्रतिनिधि लोकप्रसाद संग्रौलाको प्रमुख आतिथ्य र दिपेन्द्र सेन्दाङको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला प्रतिनिधि प्रेम सम्बाहाम्फे, जिल्ला सदस्य गोपाल उप्रेती, क्षेत्रीय सभापति जयनारायण शाह, प्रदेश क्षेत्रीय सभापति भीम राजवंशी, नेपाली कांग्रेस झापा गाउँपालिका सभापति मोतिलाल गणेश, अन्जु थपलिया लगायतले सहजीकरण गरेका थिए ।
नन्दीकिशोर पोद्धारको सभापतित्व, तेजबहादुर श्रेष्ठको स्वागत र मोहन मिश्रको सञ्चालन रहेको शरणामतिमा सम्पन्न कार्यक्रमको उद्देश्यमाथि ४ नं क्षेत्रीय सचिव शिव कडेलले प्रकाश पार्नुभयो ।

यसअघि स्थानीय जनप्रतिनिधि र कार्यकर्ताबीचको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले झापा गाउँपालिकाले सक्षम नेतृत्व पाएको भन्दै विकास निर्माणका लागि पनि लोकप्रिय भएको बताएका थिए ।
झापा क्षेत्र नं–५ को क अन्तर्गत गौरादह–४, ५, ६ र ८ तथा गौरीगञ्ज–३ मा भएका बेग्लाबेग्लै कार्यक्रममा प्रदेश क्षेत्रीय सभापति रोहितकुमार शाह, बद्री कार्की, लक्ष्मी प्रसाई, दिलबहादुर प्र्रसाई, फूलवती राजवंशी, श्रीप्रसाद लिम्बू, कृष्णचन्द्र पण्डित, ओम खड्का, विक्रम लावती लगायतले सहजीकरण गरेका थिए ।


यसैगरी झापा क्षेत्र नं(२ क अन्तर्गत कनकाइ नगरपालिका वार्ड नं ८ र ९ को संयुक्त अन्तरक्रिया कार्यक्रम घैलाडुब्बामा सम्पन्न भएको छ ।
अभियानका केन्द्रीय प्रतिनिधि बसन्त भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति उद्वव थापा, पूर्व सभापति सुधिरकुमार शिवाकोटी, पूर्व सांसद डिल्ली सिटौला, जिल्ला प्रतिनिधि राजकुमार बराईली र भीष्म मिश्र, क्षेत्रीय सभापति खगेन्द्र मैनालीलगायतले सहजीकरण गर्नुभएको थियो ।
२ समूहमा विभाजन गरेर सुझाव लिइएको कार्यक्रममा समूहका तर्फबाट हरि आचार्य र नारायण नेपालले प्रस्तुति गरेका थिए ।
प्रदेश क्षेत्रीय सभापति धर्म लक्सम्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत लिला कटुवाल र सञ्चालन भोजराज सिटौलाले गर्नुभएको थियो ।
यता झापा क्षेत्र नं(१ प्रदेश क अन्तर्गत मेचीनगर वडा नं(५ मा अन्तरक्रिया कार्यक्रमसँगै वडास्तरीय कार्यक्रमलाई पूर्णता दिएको छ ।
केन्द्रीय प्रतिनिधि रमेशजंग रायमाझीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा क्षेत्रीय सभापति मणि उप्रेती, जिल्ला सदस्य टेकबहादुर लिम्बू, पुष्प पौडेल, विनोद घिमिरे, मेचीनगर सभापति इन्द्र बुढाथोकी, तरुण दल सभापति गोपाल तामाङ, बद्री खड्का, दीपक काफ्ले लगायतले सहजीकरण गर्नुभएको थियो ।
हर्क फियाकले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको कार्यक्रम योगेन्द्र थापाको सभापतित्व र मणि आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

Facebook Comments Box