दमक/ झापाको दमक ६ मा चलचित्र व्यवसायीहरुको करिब ६ करोडको लागतमा पहिलो डिम्याक्स चलचित्र हल सञ्चालनमा आएको छ ।

 

दमकका पुराना सामाजिक व्यक्तित्व स्व. केदार  बहादुर बस्नेतको परिवारले निर्माण गरेको अत्याधुनिक दमक महल भित्र बस्नेत परिवार र चलचित्र व्यवसायका अनुभवी तथा स्थापित व्यक्तित्वहरु बलराम पराजुली, कुवेर शर्मा र छवि ओझासहितले कूल ६ करोडको लागतमा अत्याधुनिक प्रविधि जडित सुविधा सम्पन्न चलचित्र हल सञ्चालनमा ल्याएका हुन् ।

सो डिम्याक्स हलको बुधबार दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले उद्घाटन गर्दै दमकको आर्थिक विकास संगै यहाँको मनोरञ्जनको आवश्यकता पूरा गर्न यसले सहयोग गर्ने विश्वास व्यक्त गरिन् ।

उपप्रमुख अधिकारीले अण्डरग्राउण्ड पार्किङसहित अत्याधुनिका सुविधा भएको दमक महल आफैंमा एउटा उदाहरण भएको चर्चा गर्दै व्यवसायिक सफलताको शुभकामना व्यक्त गरिन् । सो चलचित्र हलमा एकैसाथ दुई वटा फिल्म हेर्न सकिने हलका सञ्चालक रेवत बस्नेतले जानकारी दिए ।

Facebook Comments Box