दमक/झापाको झिलझिलेमा ११ औ संस्करणको साँगितीक साँझ हुने भएको छ । समाजसेवी युव क्लवको आयोजनामा कात्तिक ८ गते म्युजिकल ईभ लाईभ ईन कन्सर्ट हुने जनाइएको छ ।

स्थानीय झिलझिले माध्यमिक विद्यालयको मैदानमा लागु औषध दुव्र्यसन न्युनिकण अभियान संचालन सहयोगार्थ कन्सर्टको आयोजना गर्न लागिएको कार्यक्रम संयोजक दिपेन लिम्वुले जानकारी दिए ।
शिवसताक्षीमा भएको यस्तो सांगीतिक कार्यक्रमले स्थानीय सताक्षीधाम, दोमुखा र चिल्लागढ पोखरीको पर्यटन पवद्र्धनका पर्याप्त प्रचार प्रसार हुनेपनि बताइएको छ ।
कार्यक्रममा नेपालका चर्चित व्याण्ड कववेव, आउटसाईडर र स्थानीय प्रलय र दि लिजार्डले सांगितीक प्रस्तुती दिने छन ।
कुलतमा फसेका युवा युवतीहरुलाई लक्षित गरी सालिन्य झापाको झिलझिलेमा सांगीतिक कार्यक्रम हुँदै आएको छ । यस्ता कार्यक्रमबाट कुलतमा समय दिने युवा युवतीको ध्यान मोड्न सांगाीतिक कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक लिम्वुले बताए ।
कन्सर्टका लागि अन्दाजी ५ लाख रुपैयाँ खर्चको अनुमान छ । स्थानीय दाता, प्रवासमा रहेर गाउ घरका लागु औषध सेवन र ओसार प्रसारकर्ताको चिन्ता लिने नेपालीबाट उक्त खर्च सकलन हुने आयोजक समितिले जनाएको छ । आयोजकले प्रति व्यत्ति २०० को गेट मनि पनि संकलन गर्ने वताएको छ ।
पछिल्लो समय लागु औषधको अखडाको रुपमा चिनिन थालेको शिवसताक्षी नगरका केहि भुभागका युवा युवतीलाई लापसे बिरुद्धको अभियानमा सहभागी गराउन यो सांगितिक कार्यक्रमले महत्वपुर्ण भुमिका निर्वाह गर्ने स्थानीय अग्रजले बताएका छन ।

Facebook Comments Box