दमक/ फाल्गुनन्द बचत तथा ऋण सहकारी सस्था दमक झापाले दमकमा एकदिवसीय बाल उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार आयोजित ७ औ बाल उत्प्रेरणा कार्यक्रममा बिर्तामोड सेवाकेन्द्र, शिबसताक्षि झिलझिले, उर्लाबारी मोरङ र मुख्य कार्यालय दमकका १६ बर्षसम्मका बालबालिकाले बेलुन फुटाउने सामुहिक खेलमा १०३ जना, तातो आलु सामुहिक खेलमा ९८ जना, बक्तृत्व कलामा १३ जना र एकल नृत्यमा १७ जनाले सामुहिक तथा एकल कार्यक्रमा भाग लिएका थिए ।
संस्थाकी उपाध्यक्ष फुलकिमारी नेम्बाङ आङ्देम्बेले स्वागत मन्तव्य राखेको कार्यक्रममा संयोजक बिरबहादुर लावति सदस्य एरिका डान्स सेन्टरमा प्रोपाइटर एरिका अग्रवाल रहेको निर्णायक समिती रहेको थियो । कार्यक्रम संचालन तथा प्रस्तोता व्यवस्थापक कुबेर प्रसाद तुम्बापो र मन्जिला ढुंगाना रहेका थिए । सबै खेलमा प्रथम, दितीय र तृतीयलाइ ट्र्फि प्रदान गरिएको थियो । सो अवसरमा उत्कृष्ट बाल बचत सदस्यलाइ चादिको सिक्का र सबै बालबचत सदस्यलाइ मायाको चिनो करुवा प्रदान गरियो । कार्यक्रम सस्थाका अध्यक्ष संकल्प लिङ्देन (पदम)को अध्यक्षतामा सम्पन्न भएको थियो ।