दमक/ सरकारले ल्याएको दादुरा रुवेला खोप अभियान झापाको कमल गाउँपालिकामा शुरु भएको छ । आइतबार कमल २ स्थित ज्योती माविबाट भ्याक्सिन केरियर हस्तान्तरण गरेर दादुरा रुबेला खोप अभियान उदघाटन गरिएको हो ।
कमलमा सुरु भएको दादुरा रुबेला खोप अभियान अन्तर्गत ज्योती माध्यमिक विद्यालयमा वडा सदस्य कल्पना राई , महेन्द्र अधिकारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक खड्का , विद्यालयका प्रधानाध्यापक नगेन्द्र बस्नेत द्वारा स्वास्थ्यकर्मीलाई भ्यास्किन केरियर हस्तान्तरण गरेर दादुरा रुबेला खोप अभियान कार्यक्रमको उत्घाटन गरिएको थियो ।
कार्यक्रममा कमल नगर अस्पतालका स्वास्थ्यकर्मी बिनिता संग्रौला , अन्जना सापकोटा र महिला स्वास्थ्य स्वयम् सेविका इन्दिरा खडका , उषा दाहाल , टिकाराज बर्देवा , दिपक दाहल लगायतको उपस्थिती रहेको थियो । खोप अभियान फाल्गुन ३० गते सम्म् सञ्चालन हुने जनाइएको छ ।
अभियान अन्तर्गत पालिका भित्रका सबै बिद्यालय र खोप केन्द्रहरुमा तालिका बनाएर खोप लगाइनेछ । यो अभियानमा ९ महिना पुरा भई १५ बर्ष ननाघेका सबै बालबालिकालाई दादुरु रुवेला खोप दिइने गाउँपालिकाका स्वास्थ्य निरिक्षक दिपक दाहालले जानकारी दिए । ५ बर्ष मुनिका बालबालिकालाई भने यो खोप लगाउन लैजाँदा अनिवार्य रुपमा खोपकार्ड लिएर जानु पर्ने छ । उनीहरुको यसअघि लगाउनु पर्ने खोपको मात्रा पुरा भए नभएको यकिन गर्न र पुरा नभएको भए सरकारद्धारा निर्धारित अन्य आवश्यक खोपको मात्रा पनि पुरा गरिनेछ ।