दमक/ मोरङको सुन्दरहरैचा नगरपालिका–७ गोठगाउँबाट तास खेलिरहेका १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो मंगलवार साँझ ६ बजे स्थानीय गौतमराज पोखरेलको घरबाट ईलाका प्रहरी कार्यालय बेलवारीको प्रहरी टोलीले घर धनी सहित १५ जनालाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएकाहरुमा सुन्दरहरैचा–७ बस्ने टेक बहादुर बि.क., भुपाल पौडेल, रेवत रायमाझी, कुल प्रसाद लुईटेल, हिरण्य प्रसाद कोईराला, हिरा भट्टराई, प्रदिप कुमार शाह, बिनोद चौधरी, उमेश बहादुर थापामगर, सुन्दरहरैचा–९ का सजाद मिया, सुन्दरहरैचा–११ का जय प्रसाद घिमिरे, गोपाल पौडेल, काजीराम बस्नेत र मधु कुमार घिमिरे रहेका छन् ।
तासको खालबाट प्रहरीले ९७ हजार ९ सय नगद समेत बरामद गरेको छ भने उनीहरुलाई जुवा ऐन अन्तरगत कानूनी कारवाही अघि बढाईएको जनाएको छ ।

Facebook Comments Box