दमक/ झापाको दमक ५ स्थित पूर्वपश्चीम राजमार्गबाट उत्तर कर कार्यालय नजिकै कलपा होटल एण्ड लज सञ्चालनमा आएको छ ।
युवा व्यवसायी कैलाश लिम्बुले करिव एक करोड रुपैयाको लगानीमा सञ्चालन गरेको सो होटलको दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले शनिबार उद्घाटन गर्नुभयो ।

उद्घाटनका क्रममा अध्यक्ष श्रेष्ठले मर्यादित व्यवसाय सञ्चालनमा जोड दिनु भयो ।
सञ्चालक लिम्बुले पर्याप्त पार्किङ्गस्थलको सुविधासहित एसी कोठाहरु उपलव्ध रहेको जनाउनु भयो । परिवारिक वातावरणमा खाना तथा पेयपदार्थसंगै अन्य खाजा आईटमहरु समेत उपलब्ध गराईएको लिम्बुले जनाउनु भयो ।

उद्घाटनका अवसरमा होटलका हरेक परिकारमा छुटको समेत व्यवस्था गरिएको छ । उद्घाटन कार्यक्रममा गौरादह उद्योग वाणिजय संघका अध्यक्ष जीवन राई, सामाजिक युवा व्यक्तित्व नम चेम्जोङ्ग लगायत स्थानीय व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

Facebook Comments Box