लखनपुर/ तिहारका अवसरमा झापाको कमल गाँउपालिका ५ स्थित लखनपुर मंगलवारे वजारमा बर्सेनी आयोजना गरिँदै आएको सांगितिक कार्यक्रम सगुन साँझलाई यस बर्ष पनि निरन्तरता दिइएको छ ।
कार्तिक १७ गते साँझ हुने सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्था सगुन युवा क्लवका अध्यक्ष देवेन्द्र राज आङदेम्बेले जानकारी दिनु भयो । क्लवले विगत एक दशक देखि तिहार सकिए लगत्तै देउसीभैलीका रुपमा सगुन साँझ सांगीतिक कार्यक्रम गर्दै आएको छ । कार्यक्रमबाट संकलन भएको सहयोग रकमबाट क्लवले विभिन्न सामाजिक गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।
कार्यक्रममा राष्ट्रिय कलाकारहरु दमन रुपाखेती, श्रीकृष्ण लुइँटेल , उज्वल थेवे लगायतले प्रस्तुति दिने क्लवका सचिव रोशन दाहालले जानकारी दिनु भयो ।