दमक/झापाको दमकस्थित दमक जेसीजले हरेक बर्षझै यस बर्षपनि जेसीज सप्ताह कार्यक्रमलाई निरन्तरता दिने भएको छ । जेसीजले सप्ताहका अवसरमा बर्षेनी सञ्चालन गर्ने विभिन्न रचनात्मक कार्यक्रमहरुलाई यस बर्ष पनि निरन्तरता दिएको हो । दमक जेसीज बर्ष २०१९ का अध्यक्ष भीमराज चम्लागाइँका अनुसार कार्तिक २२ देखि शुरु हुने सप्ताह अन्तर्गत ३ दिन सम्म विविध कार्यक्रमहरु सञ्चालनको तयारी गरिएको छ ।
दमक चोकदेखि बेलडाँगी सम्म साइकल यात्रा, मैत्रीपूर्ण फुटसल, ट्राफिक सचेतना, असल अभिभावकत्व सम्बन्धी तालिम र वक्तृत्व प्रस्तुति लगायतका कार्यक्रमहरु हुनेछन् । जेसीजले सप्ताह सञ्चालनका लागि सञ्जिव बरालको संयोजकत्वमा मूल समारोह समिति गठन गर्नुका साथै सबै कार्यक्रमका लागि संयोजकहरु तोकेको छ ।