दमक/ झापाको दमक ५ स्थित मोडल क्याम्पस साहित्यिक मञ्चको तेस्रो साधारणसभाबाट मञ्चको २५ सदस्यीय समिति गठन भएको छ ।

 

मञ्चका अध्यक्ष जितेन साम्पाङको अध्यक्षतामा भएको कार्यक्रमका बीच नव गठित मञ्चको अध्यक्षमा मौसम राई सर्बसम्मत चयन भएका छन् ।
त्यसैगरि उपाध्यक्षमा द्धय टिकाराम सापकोटा र उमा लिम्बु, त्यसैगरी महासचिव , सचिव कोषाध्यक्ष सहकोषाध्यक्षमा क्रमशः खगिन त्रिखत्री सरोज आचार्य, एस्थर मगर, इन्दु ताजपुरिया त्यसै गरि विभागीय प्रमुखमा दिवश तिगेला,संगठन विस्तार विभागमा कुन्दन अधिकारी र निस्चल राई, महिला विभागमा याशोदा बजगाई र निशा पुरी, अनुशाशन विभागमा भरत विमल रोय, सुचना तथा प्रचारप्रसार विभागमा नवराज मगर र कमल कटुवाल साथै सदस्यमा विध्या राई, सिर्जना राई, निकिता खत्री, पर्वत बस्नेत, प्रसुना कार्की, सुलोचना अधिकारी, स्वस्तिका ओझा, प्रशंसा गौतम, झरना ढुङ्गेल, रोस्मा क्षेत्री, उत्सव काईराला, दिपा खनाल र निखिल कुँवर चयन भएका छन् ।

मञ्चका संरक्षक शिक्षक बिन्दु दाहाल (मुकदर्शक) को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मञ्चका सचिव खगिन त्रिखत्रीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Facebook Comments Box