दमक/झापाको दमक ३ मा सम्पन्न खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधी मोरङको मंगलबारेस्थित फुटबल टेनिङ सेन्टर मंगलबारेले जितेको छ ।
आज सोमबार भएको फाइनल खेलमा आयोजक चुलाचुली युवा क्लब दमक ३ लाई १–० को गोल अन्तरले हराउँदै मंगलबारेल उपाधी जितेको हो । मंगलबारेका लागि सनम लिम्बुले मध्यान्तर पछि गरेको एक गोलनै निर्णायक बनेको आयोजक चुलाचुली युवा क्लबका अध्यक्ष अनिष बस्नेतले जानकारी दिनु भयो ।
उपाधीसंगै विजेताले नगद १५ हजार रुपैयाँ र उपविजेताले नगद १० हजार रुपैयाँसहित ट्रफी र प्रमाण पत्र हात पारेका छन् ।
दमक –३ का वडाध्यक्ष नविन बरालको प्रमुख आतिथ्य र क्लबका अध्यक्ष बस्नेतको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा उत्कृष्ट प्लेयरका रुपमा सुमित धिमाल र सर्वाधिक गोलकर्ताका रुपमा सनम भुजेललाई पनि पुरस्कृत गरिएको आयोजकले जनाएको छ ।