दमक/ काठमाडौंमा नेपाल चेस एशोसिएशनले आयोजना गरेको एसियन एमेच्योर चेस च्याम्पियनसिपमा दमकस्थित आस्था कलेजका मिसन दाहालले अन्डर १६ मा दोश्रो स्थान हासिल गरेका छन् ।
सो कलेज अन्तर्गतको एकता एकाडेमीमा कक्षा ९ मा अध्ययनरत दाहालले सो स्थान हासिल गरेका हुन् । दाहालले नगद २२ हजार रुपैयाँ पुरस्कार र मेडल प्राप्त गरे । उनीसंगै सो विद्यालयबाट कक्षा ११ मा अध्ययनरत क्रितिसरा अधिकारीले पनि उत्कृष्ट खेल प्रस्तुत गरेकी थिइन् ।