दमक/नवगायिका विना भट्टराई दोश्रो सगरमाथा म्यूजिक अवार्ड प्राप्त गर्न सफल हुनुभएको छ ।

दर्जनौं गीतहरु गाएर पछिल्लो समयमा युवा पुस्ताका कलाकारहरुमा स्थापित हुँदै गएकी भट्टराईलाई अर्वशी थापाको शब्द र मिन गुरुङ्गको संगीतमा रहेको “बाध्यता” गीतबाट सगरमाथा म्युजिक अवार्ड सर्वोत्कृष्ट नवगायिका सुगम संगीतको अवार्ड प्रदान गरिएको हो ।
सांगितिक क्षेत्रमा निरन्तर सक्रिय बिनाले सांगितिक दौरानमा आफूले प्राप्त गरेका अन्य अवार्ड तथा पुरस्कारहरु मध्ये सगरमाथ सुगम संगीतको अवार्ड अहिले सम्मकै सर्वोकृष्ट ठानेको सञ्चारमाध्यमहरुमा प्रतिक्रिया दिनु भएको छ ।
कुनैपनि अवार्ड एउटा कलाकारको गहना भएको बताउँदै यस किसिमको अवार्ड प्राप्तीले आफूलाई यस क्षेत्रमा अझै मेहेनत र निरन्तरताका लागि प्रेरित गरेको उहाँको प्रतिक्रिया छ ।