दमक/ कमल गाउँपालिकाको वडा नम्बर १ मा नियमित खोप लगाउनु पर्ने बालबालिकाको नाम सार्वजनिक गरिएको छ । प्रत्येक महिनाको १३ गते सरङपाडा खोप केन्द्र र प्रत्येक महिनाको १४ गते बाँसबारी खोप केन्द्रमा बालबालिकाहरू नियमित खोप लगाइने गरिएको छ ।
कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राईले खोप लगाउनुपर्ने बालबालिकाको नाम, अभिभावकको नाम, लगाउनुपर्ने खोपको विवरण सार्वजनिक गर्ने निर्णय लिएपछि कमल गाउँपालिका १ नम्बर आधारभुत स्वास्थ्य सेवा केन्द्र बाँसबारीले  नामावली सार्वजनिक गरेको कमल १ का जनस्वास्थ्य निरिक्षक देवराज पराजुलीले जानकारी दिए । यसअघि कमल २ मा सञ्चालित कमल नगर अस्पतालले कमल गाउँपालिकामानै पहिलो पटक वडा नं २ का खोप लगाउनुपर्ने बालबालिकाको नाम सार्वजनिक गरेको थियो ।
वडा नम्बर १ मा वडाध्यक्ष केदार कटवालले सम्पूर्ण टोल विकासका संस्थाहरू, वडाबासीहरू लाई पूर्णखोप सुनिश्चिता र दिगोपनाको लागि मिति २०८१ फागुन २० गते पूर्ण खोप सुदृढीकरण, सुनिश्चितता र दिगोपनाको लागि घरधुरी सर्वेक्षण गर्ने स्वास्थ्यकर्मीहरुलाई आवश्यक सहयोग प्रचारप्रसार र र समन्वय गरिदिने निर्णय भएको बताए ।
सोही अनुसार सम्पुर्ण टोल विकासका प्रतिनिधी, महिला सामुदायिक स्वास्थ्य स्वम सेविका, सरोकारवालाहरु लगायतको बृहत टोलीले गत फागुन २१ गते देखि चैत ११ गतेसम्म घरधुरी सर्बेक्षण सम्पन गरेको थियो ।
घरधुरी सर्वेक्षणमा खोप लगाउन छुट भेटिएका वा नियमित नभएका १० जना बालबालिकालाई चैत्र महिनाको १३ र १४ गते खोप दिलाइने निरीक्षक देवराज पराजुलीले बतए ।
कमल गाउँपालिकामा नियमित खोपलाई प्रभावकारी बनाउन र कुनै पनि बालबालिका खोपबाट वञ्चित नहुन् भन्ने उद्देश्यले नामावली सार्वजनिक गर्ने नयाँ अभ्यास सुरु गरिएको हो ।
घरधुरी सर्बेक्षणमा भेटिएका छुट बालबालिकाहरुलाई खोप लगाइ सकेपछि १ नम्बर वडा लाई पुर्ण खोप सुनिश्चीत वडा घोषण गरि वडाले गाउँपालिकामा प्रतिवेदन पठाउने जनाइएको छ ।
कमलको २ नम्बर वडाले पनि पूर्ण खोप सुनिश्चीतता वडा घोषणाका लागि घरधुरी सर्वेक्षण गरिसकेको वडाध्यक्ष अशोक सुब्बाले जानकारी दिए । छुटेका बालबालिकालाई समेत तोकिएको तालिका अनुसार खोप लगाएपछि सो वडा पूर्ण खोप हुनेछ ।

Facebook Comments Box