दमक/झापाको सताक्षीधाममा गत कार्तिक २७ गतेदेखि शुरु भएको सताक्षीधाम धार्मिक महोत्सवमा बुधबार ( हिजो) सम्ममा ५ लाख वढी भक्तजनहरु उपस्थित भएका छन् ।

१०८ कुण्डीय कोटि हवन , साँझपख हुने गंगा आरतीसंगै यहाँको प्राकृतिक सौन्दर्यता जस्ता कारणले दिनदिनै भक्तजनहरुको ध्यान यस तर्फ खिचिरहेको हो ।
बुधबार ( एकैदिन) ४० हजार भन्दा वढी तीर्थालु भक्तजनहरु कोटिहोममा सहभागी भएको आयोजकले दावी गरेको छ ।
बर्षको एक दिन बालाचर्तुदशीमा मात्र धार्मिक मेला लाग्ने सताक्षीधाममा यसपटक विशेष महत्वको अनुष्ठान भईरहेकाले भक्तजनहरुको भिड लागेको गोलोक गोवद्र्धन गौशाला पीठका पिधाधिस आचार्य नन्दकिशोर भारद्धाजले जानकारी दिनु भयो । उहाँले भक्तजनहरुको घुइँचो अपेक्षा गरेभन्दा धेरै बढिरहेको पनि बताउनु भयो । कोटिहोममा मुलुकका ५३ जिल्लाका विभिन्न धर्मका अनुयायीहरु सहभागि छन् । आयोजक समितिको सचिवालयका अनुसार वुधबार सातौ दिन सम्ममा १ करोड ८ लाख रुपैयाँ भेटी संकलन भएको छ । सो अनुष्ठानमा कम्तिमा ५० क्वीन्टल धान र ४० क्वीन्टल चामल समेत संकलन भएको छ ।
झापा निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधी सभाका सदस्य राजेन्द्र लिङ्गदेनले सर्वसाधरणमा हिन्दु धर्म प्रति मोह जागेको बताउनु भयो । सताक्षीधामको तिर्थालुको यो भिड जहात्यही भेटिदैन । उहाँले सताक्षीधामलाई भुगोलले साँघुरो बनाएपनि फराकिलो सोच भएका धर्मालम्वीहरुको भिडले उत्साह थपिदिएको प्रतिक्रिया जनाउनु भयो ।
महायज्ञमा दैनिक कथा प्रबचन ब्राहमणहरुद्धारा हवन तथा सन्ध्याकालिन गंगा आरती समेत हुदै आएको छ । महाआरतीमा सर्वसाधरणको भिड लाग्ने गरेको छ ।
महोत्सवमा श्रीमद् देवी भागवत कथा महोत्सवपनि भईरहेको छ । १३ दिवसिय १०८ कुण्डीय कोटिहोमको १ नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राईले कार्तिक २७ गते उद्धघाटन गरेका थिए । आयोजक समितिको सुचना डेक्सका अनुसार हालसम्म नेपाल संगै भारत, भुटान, स्कटलेण्ड, सिंगापुर, अमेरिका, वंगलादेश लगायत मुलुकबाट समेत उलेख्य रुपमा भक्तजनहरुको उपस्थिती रहदै आएको महायज्ञ मुल आयोजक समितिले जनाएको ।
दशौलाख भक्तजनहरुको उपस्थिती रहने अपेक्षागरिएको महायज्ञमा ३ करोड खर्चको अनुमान गरेको छ भने ५ करोड भेटी संकलन गर्ने लक्ष्य राखीएको आयोजकले जनाएको छ । महायज्ञको यहि मंसिर ९ गते बालाचर्तुदशीका दिन बैदिक विधिअनुसार भब्यरुपमा समापन गरिने गोलोक गोर्बधन गौशालाका संरक्षक नन्दकिशोर भारद्धाजले जानकारी दिए ।
सताक्षीधाममा ५ वर्ष यता धेरै स्थायी प्रकृतीका संरचना निर्माण भएका छन । ति मध्ये केही देवालय रहेको छ । गौसाला निर्माण भएपछी यी संरचना निर्माण भएको स्थानीयले बताएका छन । गौको बास स्थान (गोठ), द्वादश ज्योर्ती लिङ्ग भगवान श्री पशुपतिनाथको मन्दिर निर्माण भएको स्थानीयले बताएका छन । श्रीहरी वेद संस्कृत विद्यालय, साकम्बरी सताक्षीमाताको मन्दिर, गौशालाको गाईका लागि चिकित्सालय , दैनिक हवन कुण्ड , सन्त निवास ,प्रशोधन सहितको गौ अर्क उत्पादन, बेल प्रजातिको वनस्पतिको जुस, राम दरबार लगायतका संरचना निर्माण भएका छन ।
यस्तै अनुमान मन्दिर, सतासीधाम परिसरभित्र ५० फिट ग्रावेल सडक, नाला , गौतम बुद्ध पार्क, वनभोज स्थल स्थानान्तरण , अतिथि गृह, तिर्थयात्री बिसौनी कक्ष, विद्युत , १०० घनमिटरको गोवरग्यास प्लान, दिगम्बेश्वर महादेव परिसरमा सिँढी निर्माण सताक्षीधाम आउने आगन्तुकलाई निःशुल्क भोजनका लागि अन्नपूर्ण भण्डार निर्माण भएको छ । एक स्थानीयले यो सवै गौसाला स्थापना पछी निर्माण भएका हुन । स्थानीयबासी भन्छन सताक्षीधाम सन्तले बनाएका हुन । यसमा राज्य कोषको केहि रकम खर्च भएको छ ।