दमक/ झापामा लागूऔषध कारोबारीलाई समात्न प्रहरीले हवाई फायर गरेको छ ।
आज बिहान झण्डै पौने ९ बजे कनकाई नगरपालिका वडा नम्बर ५ तल्लो चाप्रामारी स्थित सुरुङगा–झापा सडक खण्डमा प्रहरीले भारतीय लागूऔषध कारोबारीलाई समात्न ३०३ राइफलबाट दुई राउण्ड हवाई फायर गरेपनि ति भारतीय नागरिक फरार भएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
शरणामतीबाट सुरुङगा तर्फ आउदै गरेको BR 37T 9198 नम्बरको मोटरसाईकलमा सवार व्यक्तिलाइ रोकेर चेकजाँच गर्न खोज्दा मोटरसाइकल र ब्याग घट्नास्थलमा छोडर सो धन्दामा संलग्न व्यक्ति फरार भएका हुन् । प्रहरीले अभियुक्त चढेको मोटरसाईकल, सामान बोकेको झोला बरामद गरेको छ । झोला भित्र ब्राउन सुगर जस्तो देखिने २ पोका बस्तु फेला परेको छ । प्रहरीले फरार अभियुक्तको खोजी भइरहेको जनाएको छ ।