दमक/    हिजो भएको उपनिर्वाचनको मत परिणाम धमाधम बाहिर आईरहेको छ ।

पछिल्लो अपडेट अनुसार प्रदेश नं १ अन्तर्गतको मोङ धनपालथान गाउँपालिका वडा २ मा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा कांग्रेसका नारायणप्रसाद साह १ हजार ७ सय १ मत ल्याएर विजय हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपाका पंकजकुमार मण्डलले १ हजार ४ सय ९७ मत पाउनु भएको छ ।
त्यसैगरी खोटाङको साकेला गाउँपालिका–३ खिदिमाको वडाध्यक्षमा नेकपाकी उम्मेद्वार शिवकला राई विजयी हुनुभएको छ । तत्कालीन वडाध्यक्ष मणिकुमार राईको मुत्युपछि रिक्त रहेको वडाध्यक्ष पदका लागि शनिबार भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सुक्रबहादुर तामाङलाई १७ मतले पराजित गर्दै शिवकला वडाध्यक्षमा विजयी हुनुभएको हो ।

पाँचथरको फिदिम नपा–१ को वडाध्यक्षमा नेकपाका गजाधर राइ निर्वाचित हुनुभएको छ भने पाँचथरकै हिलिहाङ ७ को वडाध्यक्षमा नेपाली कांग्रेसका तिलविक्रम इधिङ्गो विजयी हुनुभएको छ ।
त्यसैगरी भोजपुरको पौवादुङमा गाउँपालिका–१ को वडाध्यक्ष पदमा नेकपाका उम्मेदवार जीतेन्द्र राई नेपाली काँग्रेसका उम्मेदवार सम्मरबहादुर कार्कीलाई ४३७ मतान्तरले हराउँदै विजयी भएका हुनुभएको छ । राईले ६९१ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिद्वन्द्वी कार्कीले २५४ मत प्राप्त गर्नुभयो ।
त्यसैगरी खाँदबारी नगरपालिका–३ को वडाध्यक्षका लागि भएको निर्वाचनमा नेकपाका भरत घिमिरे विजयी हुनु भएको छ । उहाँले ७९६ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विक्रम गुरुङले ४६७ मत प्राप्त गर्नुभयो ।

भक्तपुरमा कांग्रेस विजयी
त्यसैगरी प्रदेश नं ३ अन्तर्गत भक्तपुर जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र १ को (क) प्रदेशसभा सदस्यमा कांग्रेस उम्मेदवार कृष्णलाल भँडेल निर्वाचित हुनुभएको छ । सत्तारुढ नेकपाका देवीप्रसाद ढकाललाई पराजित गर्दै भँडेल विजयी हुनुभएको हो ।

Facebook Comments Box