काठमाडौं/  गृह मन्त्रालयले पाँच जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित ६ जनाको सरुवा गरेको छ ।

मन्त्रालयले जारी गरेको सूचनाअनुसार पर्साका प्रजिअ नारायणप्रसाद भट्टराईको चितवनमा र चितवनका जितेन्द्र बस्नेतको पर्सामा सरुवा भएको छ ।
यस्तै, भक्तपुरका प्रजिअ नारायणप्रसाद भट्टको मकवानपुरमा, लमजुङका प्रजिअ डिजन भट्टराईलाई अध्यागमन विभागमा, गृहका सहसचिव हुमकला पाण्डेलाई भक्तपुरको प्रजिअमा र त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका लक्ष्मण खड्कालाई लम्जुङमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

Facebook Comments Box