काठमाडौं / नेपाल उद्योग वाणिज्य महासंघको मंगलबार काठमाडौंमा सम्पन्न निर्वाचनबाट झापा दमकका व्यवसायी नेता गोकुल श्रेष्ठ दोस्रो कार्यकालका लागि केन्द्रीय कार्यकारिणी समिति सदस्यमा निर्वाचित भएका छन्।
दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं सल्लाहकारसमेत रहेका लोकप्रिय युवा व्यवसायी श्रेष्ठले उक्त पदका लागि खसेको १२९ मतमध्ये ९७ मत प्राप्त गर्दै विजयी भएका हुन्।
दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईंका अनुसार अन्य पदहरूको मतगणना जारी रहे पनि केन्द्रीय कार्यकारिणी समिति सदस्यतर्फको गणना सम्पन्न भई नतिजा सार्वजनिक भइसकेको छ।
लोकतान्त्रिक उद्योगी व्यवसायीहरूको समर्थन पाएका श्रेष्ठलाई दमक उद्योग वाणिज्य संघले आधिकारिक उम्मेदवारका रूपमा अघि सारेको थियो। उनको जितका लागि कोशी प्रदेशसहित देशभरका उद्योगी व्यवसायी नेताहरू केही दिनदेखि काठमाडौंमा केन्द्रित भई चुनावी अभियानमा सक्रिय रहेका थिए ।
श्रेष्ठको पुनःनिर्वाचनले दमक क्षेत्र मात्र नभई समग्र कोशी प्रदेशका उद्योगी व्यवसायीहरूमा उत्साह थपिएको छ।