दमक/झापा दमकका चलचित्र व्यवसायी चैतन्य बराल नेपाल चलचित्र संघको पूर्वाञ्चल अध्यक्षमा चयन हुनुभएको छ ।


पाथीभरा सिनेमा प्रा. लिका सञ्चालक समेत रहनु भएका बराल संघको काठमाडौंमा सम्पन्न ४६ औं साधारण सभाबाट पूर्वाञ्चल समितिको अध्यक्षमा चयन हुनु भएको हो । संघको केन्द्रिय अध्यक्षमा मधुसुुदन प्रधान निर्वाचित हुनुभएको जनाइएको छ । शुक्रबार सम्पन्न संघको साधारणसभामा प्रतिनिधि, बितरक, र चलचित्र हलका सञ्चालकहरु समेत करिब २ सय जनाको सहभागिता थियो ।

Facebook Comments Box