दमक/सामाजिक तथा शैक्षिक गतिबिधिमा सक्रिय रोटरी क्लब अफ दमकले दमक ८ स्थित जनता आधारभुत विद्यालयका बालबालिकाहरुलाई किताब बोक्ने झोला प्रदान गरेको छ ।
क्लबको टिच प्रोग्राम अन्तर्गत बालबालिकाहरुको पठनपाठनमा सहयोग गर्ने उद्धेश्यले सो विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई किताब बोक्ने झोला प्रदान गरिएको क्लबका सचिव झलराज गौतम ( राजु)ले जानकारी दिनु भयो ।

क्लबका अध्यक्ष दिपु चापागाइँ ( सन्दिप)को अध्यक्षतामा भएको सो कार्यक्रममा दमक नगरपालिकाकी कार्यपालिका सदस्य मिना प्याकुरेल, सहयोगी दाता दिपक प्रसाइँ लगायतको आतिथ्य रहेको थियो । सो कार्यक्रमको संयोजक शान्तिराम निरौला रहनु भएको बताइएको छ ।
गाउँमा लाईब्रेरी जारी
यसैबीच रोटरी क्बल अफ दमकले सञ्चालन गरिरहेको गाउँमा लाइब्रेरी कार्यक्रम अन्तर्गत दमकमा किताब संकलन कार्य जारी छ ।
माघ १४ गते सम्म दमकको पश्चीम बस स्टेण्डै नजिकै क्लबले स्टल राखेर इच्छुक दाताहरुबाट किताब संकलन गरिरहेको छ ।

संकलित किताब १६ माघमा दमककै भित्री गाउँमा पुस्तकालय स्थापना गरि समुदायलाई हस्तान्तरण गरिने क्लबका अध्यक्ष चापागाइँले जानकारी दिनु भयो । क्लबको सो कार्यको प्रशंसा गर्दै पुस्तकका लेखक तथा सहयोगी दाताहरुले स्टलमा आफ्ना पुस्तकरु पुरयाएर क्लबलाई हस्तान्तरण गरिरहेका छन् । क्लबका सल्लाहकार समेत रहनु भएका डा. लेखनाथ न्यौपानेले आफूद्धारा लिखित चौथो पुस्तक स्वस्थ कसरी रहने ? नामक पुस्तक क्लबलाई हस्तान्तरण गर्नुभएको छ । उहाँसंगै दर्जनौं लेखक तथा सहयोगी दाताहरुले क्लबलाई पुस्तक हस्तान्तरण गर्नुभएको बताइएको छ ।
