दमक/ झापाको शिवसताक्षीस्थित झिलझिलेमा जारी सताक्षी गोल्ड कपको उपाधीका लागि आज सहिद स्मारक ए डिभिजन लिगको विजेता मच्छिन्द्र क्लब र थ्री स्टार क्लब भिड्दै छन् ।
मच्छिन्द्र त्रिभुवन आर्मी क्लबलाई हराउँदै सताक्षी गोल्डकपको फाइनलमा प्रवेश गरेको हो भने आयोजकलाई हराउँदै थ्रि स्टार फाइनल प्रवेश गरेको हो ।
सतासीधाम स्पोर्टिङ क्लबले आयोजना गरेको सो प्रतियोगिताका विजेताले ६ लाख नगद पुरस्कार पाउनेछ भने उपविजेताले ३ लाख रुपैया पाउनेछ ।