दमक/नेपाली चलचित्रका एक्सन नायक विराज भट्ट र मिस नेपाल निकिता चण्डक आज झापाको दमक आएका छन् । भट्ट पश्चिम क्षेत्रका हुन भने चण्डक मोरङको उर्लाबारीकि हुन् ।

दमकको डिम्याक्स हलमा आफ्ना दर्शक तथा शुभेच्छुकहरुसंग चलचित्र साङलो हेर्नका लागि उनीहरु दमक आएका हुन् । उनीहरुले दर्शकहरुमाझ आफूहरुको अभिनय रहेको चलचित्र साङलो हेरेका छन् ।
सो क्रममा दमक महल तथा डिम्याक्स हलका सञ्चालक रेवत बस्नेतले खादा ओढाएर उनीहरुलाई स्वागत गरेका छन् ।
अहिले विराज आफ्नै निर्देशनमा चलचित्र तयार गरेर कमब्याक भएका हुन् ।

एक्सन तथा कमेडी जनरामा निर्माण भएको सो चलचित्रमा विराजसँगै निकिता चण्डक, प्रकाश शाह, कमेश्वर चौरासिया लगायतको मुख्य भूमिका रहेको छ । मिस नेपाल निकिताले यसै चलचित्रबाट डेब्यु गरेकी हुन् ।