दमक/ नेपालमा दिनप्रतिदिन कोरोना संक्रमणको जोखिम उच्च हुँदै गएको छ । पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज थपिएका ४२१ सहित नेपालमा संक्रमितको संख्या ९ हजार २६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १९४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या १७७२ पुगेको छ ।
मृतकको संख्या २३
कोरोना संक्रमितको मृत्यु हुने क्रमम पनि उत्तिकै बढेको छ । गुल्मीका एक संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गुल्मी छत्रकोट गाँउपालिका(५ मैनडाँडाका ६९ वर्षीय पुरुषको मृत्यु भएको हो । उनी प्यारालाइसिस उपचारका लागि भारत गएका थिए । भारतबाट जेठ २५ गते नेपाल आएका थिए । नेपाल आएपछि होमक्वारेन्टाइनमा नै रहेका उनको असार ५ गते घरमा नै मृत्यु भएको डा गौतमले जानकारी दिए । यो सहित नेपालमा २३ कोरोना संक्रमितको मृत्यु भएको छ ।

Facebook Comments Box