दमक/ दमकको तरकारी बजारमा बिचौलियाको विगविगी भएको छ । तरकारी आयातकर्ता बिचौलियाले पहाडी क्षेत्रमा उत्पादन भएको तरकारी दमक सम्म ल्याए वापत दोब्बर , तेब्बर सम्म बढी मुल्य असुल्दा सामान्य उपभोक्ता र तरकारी उत्पादक पहाडी क्षेत्रका किसानहरु दुवै मारमा परेका छन् ।

हिजो आज बिचौलियाकै कारण प्रायः सबैखालका तरकारीको भाउ बढेको छ । एक साता अघि सम्म प्रति केजी ४८ देखि ५० रुपैयाँ सम्म मुल्य पर्दै आएको पुरानो आलु व्यापारीले अहिले ६० रुपैयाँ सम्ममा विक्री गर्न थालेका छन भने नयाँ आलु ७० रुपैयाँ सम्ममा विक्री गर्न थालेका छन् ।
यस्तै गएको हप्तासम्म ३० देखि ३५ रुपैयाँसम्ममा पाइँदै आएको गोलभेँडाको दाम पनि ५० देखि ६० रुपैयाँ सम्ममा विक्री गरिरहेका छन् । काँक्रा, बन्दाकोवी, बोडी, फर्सी, घिउसिमी, तितो करेला, लौका, परवर, घिरौंला, भिण्डीलगायत सबै तरकारीको मुल्य भारी बृद्धि गरेका छन् । तरकारीको आयात र उत्पादनमा कमी आएकाले भाउ घट्न नसकेको
वर्षातको समयमा तरकारी उत्पादन कम भएको भन्दै विचौलियाले स्थानी बजारमा भाउ बढाएका हुन भने पहाडी क्षेत्रमा किसानहरुलाई भने लक डाउनका कारण तराईमा तरकारीको खपत राम्रो नभएको भन्दै कम मुल्य दिने गरेका किसानहरुको गुनासो छ ।
दमकको नयाँ तरकारी बजारमा आईतबार बिहान भेटिएका पाँचथरको हिलिहाङका किसान चन्द्रबीर लिम्बुले भने – विचौलियाको कामनै झुक्याउने रहेछ, तराईमा तरकारी बिक्दैन भनेर पहाडमा किसानलाई ढाँट्यो, तराईमा गएर पहाडमा तरकारी उत्पादन राम्रो छैन महंगो परेको छ भन्दै उपभोक्तालाई ढाँट्यो गर्दा रहेछन् । यहाँ आएपछि पो थाहा पाएँ विचँैलियाले तरकारी बजारमा रजाइँ गरेका रछन् ।

तरकारी महङ्गो हुनुको विभिन्न कारणमध्ये बिचौलिया हावी हुनु नै मुख्य कारण भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डाक्टर हरीबहादुर केसीको भनाई छ । केसी भन्छन– किसानलाई खेतबारीमा उब्जाएको तरकारी बजारसम्म र्पुयाउनै गाह्रो छ । तरकारी किन्न खेतसम्म थोक व्यापारी गए पनि उब्जनीको थोरै कम मात्रै मूल्य पाउने समस्या छ । एकातिर किसानले आफूले उब्जाएको तरकारीको उचित मूल्य पाउन सकेका छैनन् भने अर्काेतिर उपभोक्ताले चर्काे मूल्य तिर्नुपरेको उनले बताए ।

Facebook Comments Box