दमक/ झापा दमकका बुद्धिमान पौडेलले आफुले उपचारका क्रममा धरानस्थित कोभिड अस्पताल घोपामा रहँदा भोगेका कुराहरु सार्वजनिक गर्दै अस्पतालमा खटिएका चिकित्सक र नर्सहरुको प्रशंसा गरेका छन् । उनले आफ्नो फेसबुक वाल मार्फत सो अस्पतालका सह्रायिन पक्ष भन्दै चिकित्सक र नर्सहरुको प्रशंसा गरेका हुन् । 
उनले आफ्नो अनभुवमा पनि कोरोनाको खास औषधि आउन बाँकीनै भएकोले हाल औषधिको अपेक्षा राख्न नसकिने सबैले बुझेकै कुरा भएको उल्लेख गरेका छन् ।
निमोनिया, झाडापखाला , ज्वोरो नियन्त्रणको औषधी भने अस्पतालमा यथेष्ट रूपमै विरामीलाई उपलव्ध भएको , आवश्यकता अनुसार अक्सीजन र आईसियु सुविधा पनि उपलव्ध भएको अनुभव बाँडेका छन् ।
चिकित्सकहरुले पटक पटक वार्डमानै पुगेर र नियमित रूपमा सिसिक्यामराबट निगरानी गर्दै विरामीलाई आश्वस्त पार्नु भएको कामको जति प्रशंसा गरे पनि थोरै हुने उनको भोगाई र अनुभव छ । नर्स र हन्य हेल्परहरु समेत थकित हुँदै भएपनि निरन्तर खटेको उनको अनुभव छ ।
पौडेलले अस्पतालका सुधार गर्नु पर्ने पक्षहरु निम्नानुसार सुझाएका छन् ।
१, कतिपय वेडको दुरी २ मि. भन्दा कम भएकोले दुरी बढाउन पर्ने ।
२, ज्वोरो , प्रेशर, पल्स नाप गर्ने मेसिन विना निर्मलिकरण सवैलाई प्रयोग गर्दा डर भयो कम्तिमा एउटा पछि अर्कोलाई प्रयोग गर्दा सेनिटाईजर गरेर गर्दा राम्रो हुने थियो ।
३,भाईरस नासक स्प्रे गर्नचै गरियो तर कतिपय पटक ट्याङ्की मात्र हल्लाउदै गरेको पनि देखियो ।
४, १६ छाकमा ३ छाकबाहेक भात निल्नै कठिनको थियो वास्मति चाहिएन नरम खाना दिन सके निल्न सजिलो हुन्थ्यो ।
५, अपवाद बाहेक सधै भिन्डीको तरकारी ज्वरो आएको मुख जवरजस्ती कोच्नु पर्ने बाध्यता
६, दाल, तरकारी हालेको प्लाष्टिकको पोका एउटा एउटा झोलामा र भातको प्याकिङ एउटाझोलामा ल्याएर टेवुलमा राखिन्छ विरामी हारालुछ गरेर तान्छन डराउनेले वाँकी रहेको लिनु पर्छ । संक्रमणको धेरै डर लाग्यो । दुरी कायम राखेर १÷१ गरि दिदा राम्रो हुन्थ्यो ।
७, खाना राखेको ठाउमा खाना लिनजाँदा ३ मिटरको दुरीमा कुनै छेकवारविनाको शव राखिएको थियो ।
८, पानी तताउने आफ्नो साधन नहुनेले तातोपानी कतै पाएन ! एउटा हिटरमा पानी तताएर उपलव्ध गराउन ठूलो कुरा हो जस्तो लाग्दैन !
९, बाहिरबाट मगाएको खाना कहिलेकाहि ३ घण्टा पछिमात्र पुगेको पनि देखियो ! एउटा मानिस खटाएर तु को तु गर्न सकिन्थ्यो जस्तो लाग्छ !
१०, दुई दिन राति देखि दिउसो २ बजे सम्म धारामा पानी आएन विकल्पको रूपमा २÷२ वोतल पानी दिन सकिन्थ्यो । १ दिन खाना खादा १÷१ वोतल दिईएको थियो ।