बैगुनधुरा / २९ भाद्र
गौरादह नगरपालिका वार्ड नं. ९ बैगन्धुरास्थित दहगाउँ रहेको हात्तीडुब्बा सिमसार तथा पर्यटकीय क्षेत्र विकास समितिको नेतृत्व सर्वसम्मत चयन भएको छ ।
सिमसार परिसरमा आइतवार आयोजित संस्थाका सदस्य उपभोक्ताहरुको पहिलो साधारण सभाले चन्द्र बहादुर खड्काको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । यसअघि खडकाकै अध्यक्षतामा रहेको तदर्थ समितिले विधान बमोजिम पहिलो साधारण सभा गरेर नयाँ आगामी ३ बर्षे कार्यकालका लागि नेतृत्व चयन गरेको हो ।
समितिको उपाध्यक्षमा दिवसपती पोख्रेल, सचिवमा नगेन्द्र बस्नेत, कोषध्यक्षमा राधा दाहाल चयन भएका छन् । भेलाले सदस्यहरुमा हरि प्रसाद बराल, चन्द्रबहादुर बिष्ट, मेघराज थापा, गुरु मुर्मू, सुमित्रा सोरेन, रिता निरौला, किशोर परियार, रुद्र सिग्देल, चित्र बहादुर पौडेल, ख्याम प्रसाद गौतम र सृजन घिमिरेलाई जिम्मेवारी दिने निर्णय गरेको छ । नेतृत्व चयनका लागि य’वराज खतिवडाको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो । सो निर्वाचन मण्डलले सर्वसम्मत नेतृत्व चयनको घोषणा गरेको थियो ।
साधारणसभाको उदघाटन वडाध्यक्ष सिताराम भट्टराईले गर्दै सा सिमसारलाई गौरादह नगरकै एक नम’ना पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने स्थानीय सरकारको योजनामा साथ दिन सबैलाई आग्रह गरे । सभामा वडा सदस्यहरू यम कुमारी प्रधान, सीता परियारलगायतको उपस्थिति थियो ।


सिमसारको अवस्था र इतिहास
सिमसार क्षेत्र र आसपासमा छिटपुट अन्य जातजातिको बसोवास रहेपनि नेपालकै भुमिपुत्र भनेर चिनिने सन्थाल जातिको बाहुल्यता छ । करिब ४० र ५० घर सन्थाल जातिको बसोवास रहेको सो बस्ती नजिकै प्राकृतिक जलाशय छ जुन आदिमकालदेखि एउटा खाडीको रूपमा हात्तीडुब्बा नामले प्रचलित छ । तीन विघा क्षेत्रफलमा फैलिएको जलाशयमा अथाह पानीका कारण धेरै वर्ष पहिले पानी पिउने क्रममा थुप्रै हात्तीहरू डुबेर मरेपछि त्यस जलासयलाई हात्तीड’ब्बा भन्न थालिएको बुढापाकाहरू बताउँछन् ।


तीन विघा क्षेत्रफलमा फैलिएको उत्त हात्तीडुब्बा प्राकृतिक जलाशय र त्यसको नजिकै रहेको सन्थाल वस्तीलाई समेटेर पर्यटकिय गन्तव्यको रूपमा विकास गरि नगरपालिकाको पहिचानको रूपमा रमणिय स्थान स्थापित गर्न लागिपरेको अध्यक्ष खडकाले बताए ।
हाती डुब्बा सिमसार नजिक दक्षिणतर्फ रहेको सन्थाल जातिको भाषा, संस्कृति, रहनसहन, खानपान, नाचगानलाई सांस्कृतिक पहिचानको रूपमा संग्रहित गरि संथाल जातिको अध्ययन केन्द्रको रूपमा विकास गर्न सकिने प्रवल सम्भावना रहेको बैग’नध’राका शैक्षिक तथा सामाजिक अग’वा य’वराज खतिवडा बताउँछन । त्यसैगरी सिमसार क्षेत्रको पुर्वपट्टी १० विघा क्षेत्रमा केरा खेती छ । सरकारी अनुदान विना मोरङ्ग सुन्दरहरैचाका ३ जना कृषकले ५ वर्षका लागि लिजमा जग्गा लिएर १० विघा खेतमा केरा खेती लगाएका छन् । पर्यटकलाई थप आकर्षित गर्न केरा बारीले पनि सहयोग गर्ने खतिवडाको ठम्याई छ ।
सरकारले राख्यो चासो
सो क्षेत्रको विकासका लागि प्रदेश नं. १ सरकारको पर्यटन मन्त्रालयले आर्थिक वर्ष २०७६/७७ को बजेटमा २० लाख रूपैयाँ बजेट छुट्याएको थियो । सो रकम मध्येबाटै संस्थाले ३५÷३५ मिटरको दुईवटा ड्याम निर्माण गर्ने, माटो सम्याएर खाडीको आकार कायम गराउने र होली वा खाडी भित्रको फोहोर , घाँस जङ्गल फाल्ने सबै कार्य गर्ने योजना भए पनि कोरोना महामारीका कारण ईस्टमेट अनुसार कार्य गर्न सकेन । सो जलाशयका लागि २० लाख रूपैयाँ बजेट छुट्याए पनि ८ लाख १९ हजार ५ सय १५ रूपैयाँ बराबरको कार्य गर्न सकेको संस्थाका अध्यक्ष खड्काले बताए । जलाशयमा एउटा ड्याम निर्माण, माटो सम्याई खाडीको आकार कायम र खाडीको भाग एकिन गरी उत्तर तर्फको ड्यामको कार्य गर्न जग खनी सकिएको ढुङ्गा सोलिङ भईसकिएको अध्यक्ष खड्काले बताएका छन् ।
२०७७/७८ मा पनि उत्त हात्तीडुब्बा जलाशयलाई विकास गर्न प्रदेश नं. १ सरकारले २० लाख रूपैयाँ वजेट छुट्याएको छ ।
सो बजेटबाट संस्थाले दीर्घकालिन विभिन्न योजनाहरू अघि सारेको छ ।
हिजो संस्था पहिलो साधारणसभामा अध्यक्ष खड्काले उत्त योजनाहरूको फेहरिस्त सुनाए । सिमसार क्षेत्रलाई थप आकर्षित बनाई आन्तरिक तथा वाह्य पर्यटकहरूको गन्तव्य स्थल बनाउन संस्थाको दीघर्कालिन योजना अन्तर्गत स्थायी सम्पति व्यवस्थापन गरि होली भित्र पर्ने गिरीबन्धुहरूको जग्गा खरिद गर्ने, वनभोज केन्द्र (पिकनिक स्पोर्ट ) निर्माण गर्ने, उत्तर तर्फ एउटा प्रवेस द्वार दक्षिण तर्फ एउटा प्रवेश द्वार निर्माण गर्ने, उत्तर र दक्षिण दुवै तर्फ झोलुङ्गे पुल निर्माण गर्ने, धार्मिक पहिचान कायम राख्न पानीको मध्य भागमा पञ्तकन्या मन्दिर निर्माण गरि हात्तिडुब्बाको वास्तविक पहिचान दिलाउने, उत्तर तर्फको सुरूवात गरिएको बाँध वा ड्यामबो कार्यलाई पूरा गर्ने, खाडी भित्र रहेबा सम्पुर्ण जफडा वा मेटेका पुर्ण रूपमा फालेर सिमसारको वास्तविक आकार कायम गराउने, खाडीको वाहिरी भागतर्फ घेरावाराको कार्य गर्ने, सिमसारको पहिलो पहिचान दिन ३ वटासम्म वोटिङ गर्ने डुङ्गा खरिद गर्ने लगायतका रहेका छन् ।

Facebook Comments Box