दमक/ झापाको गौरादह नगरपालिका र कमल गाउँपालिकाको सिमानामा पर्ने सोलमारीदेखि बैगुन्धुरा हुँदै कोरोबारी जोडने सडक जीर्ण हुँदा सर्वसाधारणले हैरानी ब्यहोर्नु परेको छ ।


सडकमा परेका खाल्डामा हिजोआज परिरहेको पानी जमेपछि स साना बालबालिकानै डुब्ने खतरा छ । बाटो हिंडदा केटाकेटी भौडीमा डुब्लान भन्ने पिर भो– सो सडकमा दैनिक जसो आउजाउ गर्ने रेनु राईले भनिन् । उनले केही समय अघि सम्म सडकमा सासाना देखिएका खाल्डाको आकार दिनदिनै बढेर मान्छेनै डुब्ने किसिमको खाल्डा (भौडी) परेको बताइन् ।
सडकको जीर्ण अवस्थाका कारण करीब १० किलोमिटर खण्डमा मोटरसाइकल, अटो रिक्सा आदि चल्न नसक्ने अवस्था आएको छ । जसका कारण बैगुनधुरा, कोरोबारी क्षेत्रका सर्वसाधारण बैकल्पिक बाटो भएर राजमार्ग सम्म निस्किनुपर्ने बाध्यतामा छन् ।
त्यसैगरी शिवसताक्षीको दुधे झिलझिलेबाट शिवगञ्ज हुँदै चौरी र कुञ्जीबारी सम्म पुग्ने करिब १२ किलोमिटर सडक खण्डको अवस्था पनि उस्तै छ । शिवगञ्ज बजारबाट दक्षिणतर्फ महाभारा, कुञ्जीबारी सम्म पुग्ने कालोपत्रे सडक समेत जीर्ण हुँदा बाटोमा खाल्डाखुल्डी परेका छन । खाल्डोमा पानी जमेका कारण आवतजावतमा समस्या भोग्नु परिरहेको सो क्षेत्रका बासिन्दाले बताएका छन ।
ग्रामिण सडक पुर्ननिर्माण संस्थाले एडीबिको सहयोगमा ५/६ बर्ष गरेको सडक कालोपत्रे भत्किएको हो । हाल झिलझिलेबाट धौलेचोक , जनता चोक हुँदै होक्कलबारी जोडने सडक भने स्तरोन्नतीको काम भईरहेको छ । स्तरोन्नतीको क्रममा रहेको सो सडकको हवल्दार चोक जनता खण्ड हिलाम्ये हुने गरेको छ ।

Facebook Comments Box