दमक/ प्रदेश एकमा होलीका दिन सवारी नियम उल्लंघन गरेर सवारी चलाउने ७४५ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले झापामा १९५ , मोरङमा ३७६, सुनसरीमा १५१ र उदयपुर २३ वटा सवारी साधन नियन्त्रणमा लिएर होल्ड गरेको हो । ति सवारी साधन दिनभर होल्ड गरेर राखिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरीले ३ जना चढेका, चालकले हेल्मेट नलगाएका तथा मापद पदार्थ सेवन गरी चलाएका मोटरसाइकल ठुलो संख्यामा नियन्त्रणमा लिएको थियो ।

 

सर्वसाधारणमा छाएको होलीको उल्लासलाई प्रशासनले रोक्न नसकेको यत्रतत्र देखिन्थयो । दमक बजार र हाइवेसंग जोडिएका स्थानहरुमा होली खेल्न निस्किएको समुहलाई प्रहरीले ठाउँ ठाउँमा लखेटेको देखिन्थ्यो । प्रहरीको आँखा छल्दै युवायुवतीहरु एकापसमा रंग दल्दै होलीमा रमाएका देखिन्थे ।
आशिंक खुलेका होटल तथा रेष्टुरेँन्टहरुमा मानिसहरुको ठुलो जमघट देखिन्थ्यो । यद्यपी अघिल्ला बर्षहरुमा जस्तो चर्को ध्वनी प्रदुषणको आवाजसहित ठुलो संख्यामा मानिसहरु एकै ठाउँ जम्मा भएर होली सम्बन्धी गीतमा नाचगान गरेको दृश्य भने देखिएन ।
आकाशे पूल खाली गराउन हम्मे हम्मे
दमकको आकाशे पूलमा होली खेल्ने क्रममा जम्मा भएको भिडलाई हटाएर पूल खाली गराउन प्रहरीलाई हम्मे हम्मे परेको थियो । प्रहरी लाठी बोकेर आकाशे पूल वारपार गरेको दृश्य देखिन्थ्यो । सिटी फुक्दै र प्रहरीको गाडी साइरन बजाउँदै दिनभर जसो आकाशे पूल वरिपरी प्रहरी घुमेको देखिन्थयो ।

 

Facebook Comments Box