दमक, असार २१ गते । सामाजिक सस्था,पहिलो पाइला दमक शाखा र सिरज एजुकेसनको संयोजन, दमक नगरपालीका एक नम्बरको आयोजनामा आज एक दिने स्त्री रोग सम्बन्धि निसुल्क स्वास्थ शिबिर सम्पन भएको छ।
उक्त कार्यक्रमको प्रमुख अतिथी दमक नगरपालिका उपप्रमुख गिता अधिकारी,दमक वाड न ७का वाडअध्यक्ष भिम पौडेल ,स्त्रीरोग विशेषज्ञ डा राज किशोर यादब पहिलो पाइला दमक शाखा अध्यक्ष छबि बास्कोटा लगायतको उपस्थित रहेको थियो।
कार्यक्रमको अध्यक्ष वाड न ७ का वाडअध्यक्ष तारा प्रसाद अधिकारी रहनु भएको थियो।
उक्त शिबिरमा लाइफलाइन हस्पिटल दमक ,र दमक अस्पतालको चिकित्सक टोलिले प्राविधिक सहयोग पुर्याएको थियो।सो शिबिरमा २०० भन्दा बढीले स्वास्थ जाँच गराएका थिए।
पहिलो पाइला नेपाल दमक शाखाले समाजमा पछिल्लो दिनहरुमा ससक्तरुपमा सामाजिक कार्य गर्दै आइरहेको छ। स्थानीय सरकार सग पहिलो पटक उक्त सस्थाले मिलेर कार्य गरेको हो।