दमक/ आज -सोमबार देशभर मौसम बदली रहने र हल्कादेखि भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
हाल देशका धेरै स्थानमा सामान्य बदली रही एक नम्बर प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाग्मती प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।