काठमाण्डाै /पछिल्लो २४ घण्टामा एक सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार ४५ जनाको नमुना परीक्षण गर्दा एक सय २१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा ३१ जना संक्रमित निको भएका छन् । अब नेपालमा ६ सय ७८ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।
थप १० हजार पाँच सय ६७ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएकाे मन्त्रालयले जनाएको छ ।